रिया मनी मार्फत खल्तीमा पैसा पठाउन सकिने
रिया मनी ट्रान्सफरबाट विश्वको जुनसुकै मुलुकबाट पठाएको रकम खल्ती डिजिटल एपमा जम्मा गर्न सकिने भएको छ।
सिटी एक्सप्रेस मनी ट्रान्सफर र यूरोनेट अन्तर्गतको कम्पनी रिया मनी ट्रान्सफरबीच विश्वको जुनसुकै मुलुकबाट नेपाल पैसा पठाउन सकिने व्यवसायिक साझेदारी कायम छ।
रिया मनी ट्रान्सफरका १६० देशमा ५ लाखभन्दा बढी व्यावसायिक अजेन्ट छन्।
खल्ती, रिया र सिटी एक्सप्रेसबीचको साझेदारीले छिटो, छरितो पैसा पाउन र डिजिटल ब्यांकिङको पहुँच विस्तारमा सघाउने विश्वास लिइएको छ।