राजेन्द्र लिङ्देनलाई ओलीको कटाक्ष- भर्खरको बाच्छो हिँड्न जान्दैन
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भर्खरको बाच्छोको संज्ञा दिएका छन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले लिङ्देनलाई कटाक्ष गर्दै भने, “भर्खर भर्खरको रापताप होला। तर, भर्खरको बाच्छो हिड्न जान्दैन।”
राप्रपा अध्यक्ष लिङदेनले राजतन्त्रसहितको प्रजातन्त्र आवश्य रहेको बताएका थिए। त्यसको जवाफमा ओलीले भर्खरको बाच्छोको संज्ञा दिएका हुन्।
उनले देश र जनताका लागि कांग्रेससँग सहकार्य गरेर जान तयार रहेको बताए। “नेपाली कांग्रेस अरुको नीतिमा होइन, आफ्नो नीतिमा हिडोस्,” ओलीले भने, “देश र जनताका लागि सहकार्य गर्न एमाले तयार छ।”
केही नेतालाई कांग्रेसले साथ छोड्ला कि भन्ने चिन्ता रहेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई व्यंग गरे। “कांग्रेसले औला दिएन भने के हुन्छ भन्ने पीर छ। त्यसैले सहकार्य भनिरहनु भएको छ,” ओलीले भने।