सगरमाथामा मृत्यु भएका आरोहीको शव काठमाडौं ल्याइयो
![सगरमाथामा मृत्यु भएका आरोहीको शव काठमाडौं ल्याइयो](https://www.himalkhabar.com/uploads/posts/800X600/abdul_warich_(3)_1622630426.jpg)
सगरमाथा आरोहणका क्रममा मृत्यु भएका स्वीस आरोही अब्दुल वारिचको शव काठमाडौं ल्याइएको छ।
आरोहणमा संलग्न शेर्पाहरूको समूहले उनको शव बुधबार काठमाडौं ल्याएको हो। उनी सगरमाथा आरोहण गरेर फर्किने क्रममा साउथ सबमिटमा बसेका थिए। बसेकै ठाउँमा उनको ज्यान गएको थियो।
त्यहाँबाट १० जना शेर्पाको समूहले उनको शवलाई आधारशिविर ल्याएका थिए। बुधबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो। शव परीक्षणपछि दूतावासमार्फत परिवारजनलाई बुझाइनेछ।
![](https://www.himalkhabar.com/uploads/editor/Mountaineering/abdul/abdul%20warich%20%285%29.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Mountaineering/abdul/abdul%20warich%20(6).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Mountaineering/abdul/abdul%20warich%20(7).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Mountaineering/abdul/abdul%20warich%20(8).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Mountaineering/abdul/abdul%20warich%20(9).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Mountaineering/abdul/abdul%20warich%20(2).jpg)