कीर्तिमानी आरोही कामीरितालाई काठमाडौंमा स्वागत (तस्वीरहरू)
![कीर्तिमानी आरोही कामीरितालाई काठमाडौंमा स्वागत (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/kamirita-sherpa-(3)-1716548124.jpg)
कीर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पालाई शुक्रबार काठमाडौंमा भव्य स्वागत गरिएको छ।
सगरमाथाको आरोहण गरेर फर्किएका शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो। उनी शुक्रबार सोलुखुम्बुबाट काठमाडौं आएका हुन्।
उनले सगरमाथाको सर्वाधिक आरोहण गर्ने कीर्तिमान बनाएका छन्। गत वर्ष २८औं पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान बनाएका थिए।
त्यसलाई तोड्दै ३० पटक सगरमाथा आरोहण गर्ने कीर्तिमान बनाएका छन्। उनी यस वसन्त याममा मात्रै दुई पटक सगरमाथामा पुगेका हुन्।
![kamirita sherpa (1).jpg](https://www.himalkhabar.com/uploads/editor/Himal/kamirita sherpa/kamirita sherpa (1).jpg)
शेर्पा पछिल्लो पटक जेठ ९ मा सगरमाथाको चुचुरोमा पुगेका थिए। त्यसअघि वैशाख ३० मा सगरमाथाको आरोहण गरेका थिए।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय शेर्पा कुशल पर्वतारोही पथप्रदर्शक हुन्। १३ मे १९९४ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका उनको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ।
यो पनि पढ्नुहोस् : कीर्तिमानी कामीरिता: कीर्तिमान राख्न चढ्दैनन् सगरमाथा
![kamirita sherpa (2)-1.jpg](https://www.himalkhabar.com/uploads/editor/Himal/kamirita sherpa/kamirita sherpa (2)-1.jpg)
![kamirita sherpa (4).jpg](https://www.himalkhabar.com/uploads/editor/Himal/kamirita sherpa/kamirita sherpa (4).jpg)