ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोनाभाइरस संक्रमण भएको छ।
मन्त्री रायमाझीलाई सोमबार कोरोना संक्रमण पुष्टि भएसँगै छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका छन्। उनी गत शनिबार गृह जिल्ला अर्घाखाँचीमा भएको राजनीतिक कार्यक्रममा सहभागी भएर फर्किएका थिए।
साेमबार मन्त्री रायमाझीसँगै उनकाे सचिवालयका सदस्यकाे स्वाब परीक्षण गरिएकाे थियाे। उनीसँगै सचिवालयका केही सदस्यलाई पनि संक्रमण देखिएकाे हाे।