दशैंघरमा राखियो जमरा, शक्तिपीठमा दर्शनार्थीहरूको भीड (तस्वीरहरू)
![दशैंघरमा राखियो जमरा, शक्तिपीठमा दर्शनार्थीहरूको भीड (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/Salami-Nasal-chok-1_1602923126.jpg)
शनिबारदेखि बडादशैं शुरू भएको छ। नवरात्रको पहिलो दिन, शनिबार घटस्थापनाको अवसरमा दशैंघर लगायत दशैं मनाउने सबै नेपालीको घरमा जमरा राखिएको छ।
शनिबार काठमाडौंको वसन्तुरमा रहेको दशैंघरमा पनि जमरा राखियो। नेपाली सेनाको टोलीले मंगल धुन बजाएर बढाईं गरेसँगै बिहान ११ः ४६ को शुभसाइतमा जमरा राखिएको हो।
कोभिड-१९ का कारण यो वर्ष केही समस्या भएपनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर जमरा राखिएको शार्दुल जंग गुल्मका गुल्मपति सेनानी विकाश शाक्यले बताए।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/Basantapur-Jamara%20%26%20Bhadrakali%20temple/Salami-Nasal-chok.jpg)
विश्व नै कोभिडबाट प्रभावित भएपनि पूजालाई सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर निरन्तरता दिइएको उनले बताए। नवरात्रभर दुर्गाका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ।
नवरात्रको पहिलो दिन काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठहरूमा दर्शनार्थीहरूको भीड लागेको छ। कोभिड-१९ संक्रमणको जोखिमका कारण सरकारले सर्वसाधारणका लागि शक्तिपीठहरू खुल्ला नगर्ने बताए पनि दर्शनार्थीहरू पूजाआजाका लागि पुगेका देखिन्थे।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/Basantapur-Jamara%20%26%20Bhadrakali%20temple/Bhadrakali.jpg)
शनिबार बिहान भद्रकाली मन्दिरमा श्रद्धालुहरूको भीड थियो। उनीहरू पूजा गर्नका लागि लामो लाइनमा पालो कुरिरहेका थिए। अघिल्ला वर्षहरूको तुलनामा कम भीड भएपनि कोभिड-१९ संक्रमणको जोखिमलाई बेवास्ता गर्दै भक्तालुहरू पूजाआजाका लागि शक्तिपीठ पुगेका छन्।
यद्यपि, भद्रकाली मन्दिरभित्र भने सर्वसाधारणलाई प्रवेश गर्न दिइएको थिएन। सबैले बाहिरैबाटै पूजाआजा गरेर फर्किएका थिए।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/Basantapur-Jamara%20%26%20Bhadrakali%20temple/Bhadrakali-1.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/Basantapur-Jamara%20%26%20Bhadrakali%20temple/Bhadrakali-2.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/Basantapur-Jamara%20%26%20Bhadrakali%20temple/Bhadrakali-3.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/Basantapur-Jamara%20%26%20Bhadrakali%20temple/Bhadrakali-4.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/Basantapur-Jamara%20%26%20Bhadrakali%20temple/Bhadrakali-5.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/Basantapur-Jamara%20%26%20Bhadrakali%20temple/Bhadrakali-6.jpg)