कला/साहित्य विहीबार, साउन १५, २०७७

‘बाहुबली’ का निर्देशक राजामौलीलाई कोरोना संक्रमण

हिमालखबर

‘बाहुबली’ का निर्देशक राजामौलीलाई कोरोना संक्रमण

चर्चित भारतीय फिल्म ‘बाहुबली’ का निर्देशक एसएस राजमौलीसहित उनको परिवारलाई कोरोनाभाइरसको संक्रमण भएको छ । राजामौलीले ट्वीट गर्दै आफूसहित परिवारलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

राजमौलीका अनुसार, उनी र उनको परिवारलाई केही दिनदेखि हल्का ज्वरो आएको थियो । परीक्षण गराउँदा आफू र परिवारका सदस्यहरुलाई कोरोना पोजेटिभ देखिएको ट्वीटमा उल्लेख गरेका छन्।

‘म र मेरो परिवारलाई केही दिनदेखि ज्वरो थियो । विस्तारै ज्वरो ठीक हुँदै थियो, तर हामीले कोरोना परीक्षण गराउँदा संक्रमण पुष्टि भयो', उनले ट्वीटमा लेखेका छन्। कोरोनाको लक्षण देखिएपछि चिकित्सकसँगको सल्लाह अनुसार घरमै क्वारेन्टिनमा बसेको पनि उनले उल्लेख गरेका छन्।

राजामौलीले निर्देशन गरेको फिल्म ‘आरआरआर’ आगामी वर्षको ८ जनवरीमा रिलिज गर्ने तय गरिएको छ। जूनियर एनटीआर प्रमुख भूमिकामा रहेको उक्त फिल्ममा अजय देवगन, आलिया भट्ट र श्रेया सरनले पनि अभिनय गरेका छन्।

प्रतिकृया दिनुहोस