टिप्पणी आइतबार, साउन ११, २०७७

बिहानैदेखि मदिरा बेच्ने छूट दिएर समृद्धिको नारा !

हिमालखबर

बिहानैदेखि मदिरा बेच्ने छूट दिएर समृद्धिको नारा !

युरिया, सल्फर, चप्पल, मोजा र अन्नपात कुहाएर बनाइने घरेलु अवैध रक्सीमा रङ घोल्न प्रयोग हुने स्पिरिट र युरिया मल हालिन्छ। यस्तो रक्सीले खासगरी तराईमा वर्षेनि धेरैको ज्यान लिन्छ। तर, अवैध रक्सी उत्पादन रोक्न सरकारको निगरानी नै छैन।

फणिराज नेपाल

धनुषाको क्षीरेश्वर नगरपालिकामा गएको फागुनमा विषाक्त रक्सी खाएर तीन दिनमा १८ जनाको मृत्यु भयो। गएको वैशाखमा महोत्तरीमा ६ जनाको मृत्यु भयो। तराईका जिल्लामा विषाक्त रक्सी पिएर ज्यान गुमाउनेहरूको संख्या ठूलो छ।

थोरै खाँदा पनि मात लाग्ने हुँदा सस्ता खाले रक्सी गाउँघर, टोलमा धेरै नै प्रयोग हुन्छ। विषाक्त हुन्छ भन्ने हेक्का नभएर वा छिटो नशा लाग्ने हुँदा निचमारेर यस्तो रक्सी बनाइन्छ। तराईका पसलमा बरु चिया पाइँदैन तर, रक्सी जताततै हुन्छ। यस्तो रक्सी सस्तो पर्ने हुँदा ज्याला मजदूरी गर्ने र निम्न वर्गका मानिस शिकार हुन्छन्।

नेपालमा मात्र नभएर विषाक्त रक्सीको समस्या विदेशमा पनि उस्तै छ। चार वर्षअघि रूसको साइबेरियाली शहर इरकुस्कमा मदिराको रूपमा बाथलोसन पिएर ७१ जनाको मृत्यु भयो। सरकारले त्यहाँ आपत्काल घोषणा गर्‍यो। त्यहाँ लोसनको बोतलमा ‘बाहिरी प्रयोगका लागि मात्र’ लेखिए पनि स्थानीयले मदिराको सस्तो विकल्पको रूपमा पिउने गरेको पाइयो।

कोरोनाभाइरसको संक्रमण फैलन थालेपछि अन्धविश्वासका कारण विषाक्त रक्सी पिउँदा इरानमा धेरै जनाले ज्यान गुमाए। रक्सी पिएपछि कोरोनाको संक्रमण नहुने अन्धविश्वास फैलिएको थियो। त्यहीकारण रक्सी पिउँदा करीब ७५० जनाको मृत्यु भयो।

विद्यालय, मन्दिर र अस्पतालकै आडमा मदिरा पसल

शहरमा मात्र होइन गाउँमा पनि मदिरा पसल प्रशस्तै छन्। विद्यालय, मन्दिर, अस्पताल, सार्वजनिक कार्यालय, सार्वजनिक महत्वका स्थान नजिक जथाभावी मदिरा व्यवसाय संचालन गर्न दिइएको छ। जनकपुरको रामजानकी मन्दिर लगायत प्रसिद्ध मठमन्दिर परिसरमै अवैध मदिरा उपलब्ध हुन्छ। मन्दिरको सौन्दर्य बिगार्ने गरी खुलेका मदिरा, माछा, मासु पसल र बलि प्रथाका कारण जानकी मन्दिर क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत हुनसकेको छैन।

थोरै खाँदा पनि मात लाग्ने हुँदा सस्ता खाले रक्सी गाउँघर, टोलमा धेरै नै प्रयोग हुन्छ। विषाक्त हुन्छ भन्ने हेक्का नभएर वा छिटो नशा लाग्ने हुँदा निचमारेर यस्तो रक्सी बनाइन्छ। तराईका पसलमा बरु चिया पाइँदैन तर, रक्सी जताततै हुन्छ। यस्तो रक्सी सस्तो पर्ने हुँदा ज्याला मजदूरी गर्ने र निम्न वर्गका मानिस यसको शिकार हुन्छन्।

काठमाडौं नक्साल नारायण चौरको नन्दी मा.वि., कालीमाटीको नीलवाराही मा.वि., त्रिपुरेश्वरको विश्व निकेतन मा.वि., भीमसेनस्थानको परोपकार मा.वि. आदिका पोशाक लगाएका विद्यार्थी मदिरा तथा चुरोट पसलमा भेटिन्छन्। कतिपय विद्यालयका चमेनागृहमा सूर्ती, चुरोट र मदिरा भेटिन्छ। विद्यालय आसपासका पसलमा सूर्ती, चुरोट र मदिरा बेच्नु त सामान्य हो।

घरेलु मदिरा बनाउने प्रविधि । तस्वीर: नेपालखाेज

नेपालमा मदिराको बजार बढ्दै गइरहेको छ। अहिलेसम्म ५३ वटा रक्सी उद्योगहरू खुलेका छन्। विदेशबाट पनि रक्सी पैठारी हुन्छ। नेपालबाट रोजगारमा गएकाहरू पनि फर्कंदा रक्सी ल्याउने गर्छन्। विश्व स्वास्थ्य संगठनले २०७३ सालमा प्रकाशित गरेको सर्वेक्षण अनुसार नेपालमा १४ वर्षदेखि ६० वर्षसम्मका २९ प्रतिशतले मदिरा पिउँछन्।


यो पनि पढ्नुहोस्— ‘मदिरा व्यवस्थापनको कानून आवश्यक छ’


स्थानीयस्तरमा उत्पादित रक्सीमा मिथायलको मात्रा अधिक हुँदा त्यसले रगत मार्फत मस्तिष्क र आँखामा सोझै असर गर्छ। घरेलु रक्सीमा मिसाउने मिथायल एक प्रकारको विषालु पदार्थ नै हो। बढी सेवनले शारीरिक बल कम हुँदै जाने, थकान बढ्ने, शरीरमा अक्सिजन कम हुने, स्नायु प्रणालीमा नकारात्मक असर भई मस्तिष्कमा घात पर्छ। मुटु र रक्त प्रणालीमा पनि असर गर्छ।

मानिसको कलेजोले रक्सीको विषालु पदार्थ छान्ने हुँदा जति पियो उति नै मात्रामा सक्रिय हुनुपर्छ। यसले कलेजोका सेललाई हानिनोक्सानी गर्छ। मदिराबाट कलेजो सम्बन्धी सिरोसिस रोग लाग्ने सम्भावना बढी हुन्छ। सिरोसिस लागेपछि उपचार भनेको कलेजोको प्रत्यारोपण नै हो।

मादक पदार्थले मिर्गौलामा पनि नकारात्मक असर गर्छ। मादक पदार्थ सेवन गर्दा मासुमा भएको बोसो र चिल्लो शक्तिको रूपमा खर्च हुँदैन। शरीरमा बोसोको रूपमा जम्मा हुन्छ। यसबाट मुटुमा दबाब पर्न जान्छ। मदिरा नियमित पिउँदा पाचनक्रियामा समस्या हुन्छ। मुख, मुटु, पेट, रक्तचाप, कलेजो, मधुमेह, स्तन, मिर्गाैला आदिका क्यान्सर मदिरा सेवन गर्ने मानिसमा बढी हुन्छ। नियमित मदिरा सेवनले रोग प्रतिरोध क्षमता कमजोर भएर जान्छ। स्मरणशक्ति कम हुने, ढिलो सम्झने, आँखाको दृष्टि गुम्दै जाने हुन्छ।

मानिसको कलेजोले रक्सीको विषालु पदार्थ छान्ने हुँदा जति पियो उति नै मात्रामा सक्रिय हुनुपर्छ। यसले कलेजोका सेललाई हानिनोक्सानी गर्छ। मदिराबाट कलेजो सम्बन्धी सिरोसिस रोग लाग्ने सम्भावना बढी हुन्छ। सिरोसिस लागेपछि उपचार भनेको कलेजोको प्रत्यारोपण नै हो।

विश्व स्वास्थ्य संगठनले मदिरा सेवनलाई मानसिक स्वास्थ्य समस्या मानेको छ। विकासोन्मुख देशमा मृत्युदर उच्च हुनुको कारण पनि मदिरालाई नै मानेको छ। अतः मदिराका कारण मानिसको स्वास्थ्य बिग्रने, घटना, दुर्घटना हुने, परिवारको आर्थिक व्यवहार बिग्रने, केटाकेटीको पढाइ विथोलिने, महिला हिंसा हुने, विकृति बढेर जाने हुन्छ। मदिरा भ्रष्टाचारको प्रमुख कारक पनि हो।

नागरिकको स्वास्थ्यभन्दा राजश्वको लोभ

यसै कारण यो पंक्तिकार पनि संलग्न भएर विराटनगरमा २०६९ सालदेखि मदिरा व्यवस्थापन अभियान चलिरहेको छ। हरेक विषयको कुशल व्यवस्थापनले सकारात्मक दिशा दिन्छ। हामीले उठाएको अभियानले व्यवसायीलाई एकीकृत गरेर निश्चित क्षेत्रमा व्यवसाय गर्न सहजीकरण गर्छ।

यस खाले व्यवस्थापनको मुख्य जिम्मेवार सरकार नै हो। स्थानीय र प्रान्तीय सरकारले पनि सरोकार राखेर मदिरा व्यवसायलाई व्यवस्थित गर्नुपर्छ। मन्दिर, मस्जिद, विद्यालय, अस्पताल, सार्वजनिक चोक र सार्वजनिक महत्वको स्थानबाट कम्तीमा ५०० मिटर बाहिर मात्र व्यवसाय संचालन गर्न दिनुपर्छ।

मदिरा व्यवसाय बिहान १० देखि राति १० बजेसम्म संचालन गर्न पाउने नियमले सरकारको प्राथमिकता नागरिकको स्वास्थ्य नभएर राजश्व उठाउने मात्र देखियो। नशाजन्य पदार्थ बिहानैदेखि पिउन छूट दिएर वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा सफल हुँदैन। सूर्ती, चुरोट र अन्य लागूपदार्थको नियमन भए पनि मदिरा व्यवस्थापनको नियमन हुनसकेको छैन।

मदिरा ऐन २०३१ लाई लागू गर्न बनेको मदिरा नियमावली २०३१ मा देवस्थल तथा पाठशालाको १०० मिटरभित्र माछा, मासु तथा मदिराजन्य पदार्थ बिक्री–वितरण गर्न नपाइने व्यवस्था थियो। तर, त्यसलाई २०६१ सालको संशोधनले खारेज गरिदियो।

मदिरा व्यवसाय बिहान १० देखि राति १० बजेसम्म संचालन गर्न पाउने नियमले सरकारको प्राथमिकता नागरिकको स्वास्थ्य नभएर राजश्व उठाउने मात्र देखियो। नशाजन्य पदार्थ बिहानैदेखि पिउन छूट दिएर वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा सफल हुँदैन। सूर्ती, चुरोट र अन्य लागूपदार्थको नियमन भए पनि मदिरा व्यवस्थापनको नियमन हुनसकेको छैन।

हामीले मदिरा व्यवस्थापनको कानून निर्माणमा जोड दिंदै दबाबमूलक कार्यक्रम गरिरहेका छौं। प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका छौं। विभिन्न मन्त्रीलाई भेटेर नियमनका लागि आग्रह पनि गरेका छौं।

गृहमन्त्री रामबहादुर थापाले मदिरा नियन्त्रण, नियमन तथा व्यवस्थापन कार्य आदेश सीधै मन्त्रिपरिषद्मा पेश गरेपछि नागरिकको स्वास्थ्य र सामाजिक परिवर्तनका लागि निकै महत्वपुर्ण हुने आकलन गरिएको थियो। तर, विभिन्न उद्योगी, व्यवसायीको दबाबमा मन्त्रिपरिषद्बाटै फिर्ता भयो।

अहिले कोरोनाभाइरस महामारीले विश्वलाई नै संत्रस्त बनाएको छ। यो भाइरसको संक्रमणले केही दिनमै मान्छेको मृत्यु हुनसक्छ। तर, मदिरा मन्द विष भएकाले विस्तारै जीवन समाप्त गर्दै जान्छ। मदिरा सेवन गर्नेको जीवन सधैं मृत्युको मुखमा हुन्छ।

लेखक मदिरा व्यवस्थापन अभियानमा संलग्न छन्।

प्रतिकृया दिनुहोस