थप समाचार शनिबार, असार २७, २०७७

सिन्धुपाल्चोकमा पहिरोमा परी बेपत्ता एक जनाको जीवितै उद्धार

रासस

सिन्धुपाल्चोकमा पहिरोमा परी बेपत्ता एक जनाको जीवितै उद्धार

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बुमा २४ असारको राति गएको बाढी-पहिरोका कारण बेपत्ता भएका २० जनाको खोजी जारी छ । लगातारको वर्षाले सडक अवरुद्ध भएका कारण उद्धार टोली परिचालन गर्न कठिनाइ भएको जनाइएको छ।

बाढीपहिरोबाट जिल्लामा हालसम्म ५२ घरमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनका अनुसार, जम्बुका विस्थापित ३० परिवारका लागि स्थानीय सरकारसँग समन्वय गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट ३० थान त्रिपाल, म्याट्रेस, भाँडाकुँडा र लत्ताकपडा पठाइएको छ।

यसैबीच, हिजो बिहान आएको बाढीपहिरोबाट भोटेकोशी गाउँपालिकाको लार्चामा बेपत्ता भएका एक व्यक्ति स्थानीय ४० वर्षीय नाङचे मगरको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार, उद्धार गरिएका व्यक्तिको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस