सनराइज ब्यांक र अष्ट्रेलिया स्थित रोयल रेमिटबीच ‘रेमिटेन्स’ सम्झौता
![सनराइज ब्यांक र अष्ट्रेलिया स्थित रोयल रेमिटबीच ‘रेमिटेन्स’ सम्झौता](https://www.himalkhabar.com/uploads/posts/1594031670sun.JPG)
सनराइज ब्यांक र अष्ट्रेलिया स्थित रोयल रेमिटबीच अनलाइन माध्यबाट विप्रेषण (रेमिटेन्स)सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
उक्त सम्झौता अनुसार अष्ट्रेलियामा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने ब्यांकले जनाएको छ।
रोयल रेमिट नेपाल मार्फत पैसा पठाउँदा उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको जनाएको छ।
रोयल रेमिट नेपाल मार्फत अष्ट्रेलियाबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज ब्यांकका देशभर रहेका १३० शाखाहरु तथा ब्यांकका देशभरि छरिएका १० हजारभन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भुक्तानी लिन सकिने पनि जनाइएको छ।
ब्यांक खातावालाको हकमा भने, यो सेवा सनराइज ब्यांकको खातामा मात्र सीमित नभई देशका अरु विभिन्न वाणिज्य र विकास ब्यांकहरुका खाताहरुमा समेत केही मिनेटमै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको ब्यांकले जनाएको छ।