बन्दाबन्दी खोल्ने सरकारको यस्तो छ ५१ दिने योजना, यी हुन् खोल्ने र बन्द रहने सेवा र कार्यहरु
सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लगेको पाँच तहको ७० दिने योजनालाई खुम्च्याउँदै ५१ दिनको समीक्षापछि पूर्ण रुपमा बन्दाबन्दी खोल्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार रातिको बैठकले गरेको निर्णय अनुसार कोभिड–१९ को संक्रमणका आधारमा क्षेत्र विभाजन गरेर बन्दाबन्दी खुकुलो बनाउने योजना लागू हुनेछ ।
बन्दाबन्दीको अवस्थामा जनस्वास्थ्यका मापदण्ड र सुरक्षाका मापदण्ड पालना गर्ने गरी जनजीवन सामान्यीकरण गर्न, कृषि, उद्योग व्यवसाय, रोजगारी, निर्माण र सेवालगायतका क्रियाकलाप क्रमशः सञ्चालन गर्न सरकारले योजनालाई अन्तिम रुप दिएको हो । यसका लागि पाँचवटा तह बनेका छन् ।
सरकारले क, ख, ग, घ र ङ सम्मको सूची बनाएको हो । जसअनुसार कमा बन्दाबन्दी कायम राख्ने १२ वटा सेवा र कार्य रहेका छन् । यस्तै खमा २१ वटा सेवा तथा कार्य संचालन हुनेछ । यो तहको अवधि २१ दिनको राखिएको छ । त्यसपछि गमा थप ४ वटा सेवा तथा कार्य १५ दिनका लागि संचालन हुनेछन् । यसपछि घमा १५ दिनका लागि ८ वटा सेवा तथा कार्य खुला हुनेछन् । यसपछिको समीक्षा पछि मात्र बन्दाबन्दी खोल्ने वा निरन्तरता दिने निर्णय हुनेछ ।
बन्दाबन्दी खुकुलाे २९ जेठबाटै गर्ने हाे वा १ असारबाट यसकाे घाेषणा बिहीबार हुनेछ ।
यी हुन् खुल्ने र बन्द रहने सेवा तथा कार्यहरू
बन्द रहने सेवा तथा कार्यहरुः
शैक्षिक संस्था विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र,
सपिङ मल, डिपार्टमेण्ट स्टोर (खाद्यपदार्थ बाहेक)
सिनेमा हल, पार्टी प्यालेस, डान्स बार र सबै प्रकारका मनोरञ्जनस्थल,
अनुमतिप्राप्त गरेका बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान,
तोकिए बाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत,
सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन,
२५ जना बढी सहभागी हुने बैठक, गोष्ठी, तालीम, सेमिनार,
सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल,
व्यावसायिक रुपमा सञ्चालित स्वीमिङ पुल, जिमखाना, साउना, स्टिम लगायत
हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटी पार्लर,
समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति,
अत्यावश्यक बाहेकका सबै सवारी साधनहरु,
बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्स, दमकल, शववाहन र ढुवानी बाहेक सबै प्रकारका आवागमन ।
खुला हुने सेवा तथा कार्यहरुः
स्वास्थ्य सेवासँग सम्बन्धी सबै सेवा र निजी क्लिनिक
औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अण्डा,
मासु, खानेपानीको उत्पादन, बिक्रीवितरण तथा ढुवानी,
पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण,
फोहोरमैला व्यवस्थापन,
विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सम्बन्धी सेवा,
बैंक तथा वित्तीय संस्था, सहकारी र बीमा सेवा,
सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य,
कृषि बीउबिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डार सम्बन्धी सेवा तथा कार्य,
उत्पादनशील उद्योग,
निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय,
विकास आयोजना (निजी क्षेत्रबाट संचालित समेत),
निर्माण कार्य (निजी समेत),
नदी तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, ढुवानी र बिक्रीवितरण,
रेष्टुरेण्टबाट हुने प्याकिङ तथा टेक अवे सेवा,
क्वारेन्टिनका लागि तोकिएका होटल,
बिजुलीका सामान बिक्री र मर्मत,
विद्युतीय उपकरण, मेशीनरी र सवारी साधनको मर्मत गर्ने वर्कसप,
पुस्तक पसल तथा स्टेशनरी,
सबैप्रकारका ढुवानी सेवा,
अत्यावश्यक सेवाका सबै कार्यालय,
अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी)
पहिलो २१ दिनको समीक्षा पछि १५ दिनसम्म यी सेवा तथा कार्य समेत खुला हुनेछन् ।
सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालयहरू र बैंक,
रिक्सा तथा एक लहरमा एक जना यात्रु मात्र बस्ने गरी विद्युतीय रिक्सा,
र कार्यहरू सञ्चालन गर्ने तथा वित्तीय संस्था (सामान्यतया ७५ प्रतिशत कर्मचारी रहने गरी), ट्याक्सी (चालकबाहेक थप दुई जना यात्रु रहने),
रेष्टुरेण्ट तथा खाजाघर (ब्यक्ति व्यक्तिबीच कम्तीमा २ मिटरको भौतिक दूरी कायम रहने गरी) ।
याे चरणकाे समीक्षापछि १५ दिनसम्म यी सेवा र कार्यहरू सञ्चालन हुनेछन् ।
सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय,
संक्रमणको जोखिम विश्लेषण गरी १०० भन्दा कम सक्रिय केशहरू भएमा अन्तर जिल्ला आवागमन,
सीट क्षमताको आधा व्यक्ति रहने गरी सबै प्रकारका सवारी साधन,
आन्तरिक हवाई उडान,
होटल, लज, रिसोर्ट, ट्राभल एजेन्सी, पदयात्रा, पर्वतारोहण,
अन्तर्राष्ट्रिय हवाई उडानको बुकिङ,
शिक्षण संस्था (परीक्षा प्रयोजनका लागि मात्र) ,
तालीम तथा ट्युसन केन्द्र,
यसपछिको स्थिति विश्लेषण गरी जनस्वास्थ्यका मापदण्डहरू पालना गरी सबै सेवा, व्यवसाय तथा कार्यहरू सञ्चालन गर्ने निर्णय सरकारले गरेको हो ।