कला/साहित्य बुधबार, वैशाख १७, २०७७

इरफानले भनेका थिए, “मलाई पर्खिरहनू !”

हिमालखबर

इरफानले भनेका थिए, “मलाई पर्खिरहनू !”

इरफानले भनेका थिए, “र, मलाई पर्खिरहनू !”

आज (बुधबार) निधन भएका अब्बल अभिनयका धनी बलिउड अभिनेता इरफान खानले आफ्नो अन्तिम सामाजिक सञ्जाल मेसेजमा सबैलाई आपसमा नम्र व्यवहार गर्न आग्रह गरेका थिए।

आफ्नो अन्तिम चलचित्र ‘अंग्रेजी मिडियम’ को प्रचारका क्रममा गएको फेब्रुअरी १३ मा ट्वीटरमा ट्वीट गर्दै इरफानले एक भिडियो सन्देश मार्फत यस्तो आग्रह गरेका थिए।

सन्देशमा उनले भनेका थिए, “हेलो दाजुभाइ, दिदीबहिनीहरु, नमस्कार, म इरफान । म आज तपाईंको साथमा छु र छैन पनि । खैर, यो अंग्रेजी मिडियम चलचित्र मेरा लागि धेरै खास छ। म आशा गर्छु, यो फिल्मले तपाईंलाई सिकाउनेछ, हँसाउनेछ, रुवाउनेछ, फेरि हँसाउनेछ शायद।”

सम्बन्धित समाचार:
बलिउड अभिनेता इरफान खानको निधन
‘इरफानले बिरामी परेपछि आफ्नो नाममा पूजा गरिदिन भनेका थिए’

इरफानले आफ्नो स्वास्थ्यले साथ नदिएका कारण आफू चलचित्रको प्रवर्द्धनमा सहभागी हुन नसकेको भन्दै सन्देशका साथ फिल्मको ट्रेलर पनि पोष्ट गरेका थिए।

सन्देशमा उनले ट्रेलर मार्फत मनोरञ्जन गर्न, चलचित्र हेर्न र आपसमा विनम्र हुन पनि अनुरोध गरेका थिए।

‘एन्ड एस्, वेट फर मी’ आफ्नो सन्देशको अन्तिम वाक्यमा इरफानले लेखेका थिए।

तर, आफूलाई पर्खिरहन आग्रह गरेका इरफान फेरि कहिल्यै नआउने गरी बुधबार बिदा भएका छन्।

स्रोतः एजेन्सी

 

प्रतिकृया दिनुहोस