थप समाचार विहीबार, चैत २७, २०७६

गाडीमा दुग्ध ढुवानी सेवा लेखेर मदिरा ओसारपसार

रासस

अति आवश्यक सवारी भनी सूचना टाँसेर मदिरा ढुवानी गर्ने अटो र स्कुटरसँगै १ सय ८० लिटर मदिरा जिल्ला प्रहरी कार्यालय मकवानपुरले बरामद गरेको छ।

प्रहरीका अनुसार बरामद भएको मदिरा जनप्रतिनिधि र पत्रकारको रोहवरमा पोखेर नष्ट गरिएको छ ।

बन्दाबन्दीको समयमा प्रहरी प्रशासनले अति आवश्यक सवारी बाहेक सञ्चालनमा रोक लगाएकाले एक अटोले दुग्ध ढुवानी सेवाको ब्यानर राखेर मदिरा ओसार्ने क्रममा प्रहरीले बरामद गरेको थियो। त्यसैगरी स्कुटरबाट करीब ४० लिटर मदिरा बरामद गरेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस