कांग्रेस पदाधिकारी बैठक बस्दै
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बोलाइएको छ।
कोरोना महामारीको सङ्क्रमण रोकथाम तथा उपचारका लागि मुलुकभर बन्दाबन्दी लागू भएपछि कांग्रेस पदाधिकारी बैठक पहिलो पटक बस्न लागेको हो ।
बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा उपचारमा सरकारका तर्फबाट भएका काम–कारवाही र पार्टीका तर्फबाट गर्न सकिने योगदान लगायत विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
कांग्रेसको पदाधिकारीमा सभापति देउवा, उपससभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री द्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादव छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल विशेष आमन्त्रितका रुपमा छन्।