खेलकुद शनिबार, फागुन २४, २०७६

रोड रेसको उपाधि गोपीचन्द्र र सन्तोषीलाई

हिमालखबर

रोड रेसको उपाधि गोपीचन्द्र र सन्तोषीलाई

गणेशमान सिंह एडिडास टेन–के रोड रेस प्रतियोगिताको उपाधि गोपीचन्द्र पाकी र सन्तोषी श्रेष्ठले जितेका छन् ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता सन्तोषीले निर्धारित दूरी ३९ मिनेट १० दशमलव ९८ सेकेण्डमा पुरा गर्दै उपाधि जितेकी हुन् । उनले एपीएफकी विन्द्रा श्रेष्ठलाई पछि पार्दैै उपाधि जितिन् ।

पुरुषतर्फ पाकीले उपाधि जिते । उनले निर्धारित दुरी ३२ मिनेट ०१ दशमलव २ सेकेण्डमा पूरा परेका थिए ।

प्रतिकृया दिनुहोस