अभ्यासमा फर्किए ब्याडमिन्टन खेलाडी
![अभ्यासमा फर्किए ब्याडमिन्टन खेलाडी](https://www.himalkhabar.com/uploads/posts/800X600/Badmintan-player-1_1601190650.jpg)
ब्याडमिन्टनका खेलाडी लामो समयपछि अभ्यासमा फर्किएका छन्। आइतबारदेखि त्रिपुरेश्वरस्थित् राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा खेलाडीहरूले अभ्यास थालेका हुन्।
लामो समयदेखि हुन नसकेको अभ्यासमा फर्किन पाउँदा खेलाडी उत्साहित भएका छन्। तर, कभर्डहल मर्मतसम्भारको काम भइरहेकाले अभ्यासमा समस्या देखिएको छ।
कोरोना भाइरस (कोभिड-१९)को असरबाट ठप्प भएको नेपालको खेलकुद अझै चलायमान हुन सकेको छैन। प्रशिक्षण गराउन कोरियन प्रशिक्षक चोई सिउन कुक वार्मअप गरिरहेका थिए।
अभ्यासमा फर्काउन पाउँदा खुशी लागेको नेपाल ब्याडमिन्टन संघले बताएको छ। खेलाडीलाई कोर्टमा फर्काउन राखेपले तोकेका मापदण्ड पालना गर्न सबै खेलाडी तयार रहेको बताइएको छ। संघले राखेपलाई जानकारी गरापश्चात अनुमति लिएर अभ्यासमा फर्किएको हो।
दुई घन्टा लामो सरसफाइपछि कोरियन प्रशिक्षक चोई सिउन कुकले पहिलो दिन कोर्टमा खेलाडीलाई सामान्य अभ्यास गराए। तीन महीनाअघि नेपाल आएका प्रशिक्षक चोईले पहिलो चरणमा खेलाडीको फिटनेसलाई ध्यान दिने बताए। अभ्यास प्रशिक्षणको पहिलो दिन १० खेलाडी उपस्थित थिए।