कला/साहित्य आइतबार, फागुन ११, २०७६

नग्नताको सौन्दर्य !

शुष्मा बराली

नग्नताको सौन्दर्य !

नग्नता के हो ?

नग्नतालाई उछ्रिङ्खलताको संज्ञा दिएको समाजलाई नग्नताको सौन्दयता देखाउँदै, बुझाउँदै छन् केहि थान कलाकारहरू ललितपुरस्थित एमक्युब आर्ट ग्यालरीमा ।

वातावरण निकै शान्त । भित्तामा सजाइएका अधिकांश चित्रहरुले धेरै कुरा चिच्याई चिच्याई भन्न खोजे जस्तो । स्त्रीका नग्न शरिरलाई बिम्बका रुपमा लिएर कलाकारको कला देखाइएको छ, एमक्यु ग्यालरीमा ।

चित्रमार्फत बोल्न खोजेको कलाकारको मौन संवादलाई युवाहरु घोरिएर बुझ्न खोज्दै छन् । हरेक जसो चित्रकलामा महिला शरिरको बिम्ब बनाई न्यूड अर्थात नग्नताको सौन्दर्य देखाउँन खोजिएको छ । ललितपुरस्थित एमक्युब आर्ट ग्यालरीम ।

‘ट्वान्टी शेड्स अप न्यूड’ ८ फाल्गुनमा सुरु भएको उक्त प्रदर्शनी १९ फाल्गुनसम्म हुने आयोजकले जानकारी दिएका छन् ।

प्रदर्शनीमा बीसजना कलाकारले तयार पारिएका न्यूड आर्ट राखिएका छन् । न्यूडलाई नराम्रो अथवा खराब भन्ने सोचबाट बाहिर आएर जीवनको उत्सब मनाउँन उत्प्रेरित गर्ने उक्त प्रदर्शनीमा कलाकारले नग्नताका बिषयमा खुलेर प्रस्तुत गरेको देख्न सकिन्छ ।

प्रदर्शनीमा पन्ध्रजना पुरुष र पाँच जना महिला कलाकारद्धारा तयार गरिएका चित्रहरु राखिएका छन् । ‘ट्वान्टी शेड्स अप न्यूड’ मा न्यूडलाई बुझेको र सकारात्मक सोच रहेको कलाकारलाई छानेर प्रदर्शनमा राखेको कलाकार कपिलमणि दीक्षीतले बताए ।

नग्नताका बारेमा समाजले निर्धारण गरेको परिभाषा गतल रहेको र उक्त गलत बुझाईबाट बाहिर आउँन मद्दत गरोस् भन्ने हेतुले ‘ट्वान्टी शेड्स अप न्यूड’ प्रदर्शनमा राखिएको क्युरेटर कपिलमण्लिे बताए । “हामी मानवजाति भगवानको सुन्दर र अद्भुत रचना हौँ तर, हामीलाई आफ्नै शरिरको बारेमा जानकारी नै छैन्” उनले भने ।

विगत बीस वर्षदेखि न्यूड आर्ट गरेका आर्टिस्ट् कपिलले सन् २००९ मा आठजनाको समूहमा नग्न आर्ट प्रदर्शन गरेका थिए । “आज ठिक ११ वर्षपछि न्यूड आर्ट एक्ज्यिुबेसन् गर्दैछौँ, त्यो पनि बीस जनाको समूहमा, २० फेब्रवरी, सन् २०२० मा निकै उत्साही छौँ” उनले भने ।

न्यूड स्तनको बारेमा कलाकार रशना बज्रचार्यले निकै मार्मिक सन्देश प्रस्तुत गरेकी छिन् । नग्न स्तन बच्चाको लागि स्तनपान, भोक मेटाउने र नारी सौन्दर्यता मात्र बुझेको समाजले स्तन क्यान्सरबाट महिनाको हरेक दिन ग्रसित भएको कुरा नबुझेको चित्रकलामा प्रस्तुत गरेकी छिन् ।

न्यूड आर्टलाई प्रस्तुत गर्दै कलाकार मनिशलाल श्रेष्ठले पाँचवटा चित्रमार्फत न्यूडको परिभाषा दिएका छन् । समाजले न्यूडलाई सोच्ने तरिका, मस्तिष्कमा कसरी जबरजस्ती न्यूडलाई नकरात्मक तरिकाले राखिएको कुरा उनले आर्टमा देखाएका छन् ।

उनले महिलाको आकारलाई बिम्ब बनाएर मस्तिष्क र सोचलाई देखाउने आर्ट राखेका छन् । “मानिस जन्मदै नग्न हुन्छ, पछिमात्र आवरणले शरिर छोप्न सुरु गरिएको हो” उनी भन्छन्, “नग्नताको आफ्नै सौन्दर्यता हुन्छ, जुन सकारात्मक ढंगबाट नियाल्न सक्नु पर्छ ।”

त्यस्तै कलाकार उमा बिस्टले तिनवटा आर्ट तयार गरेकी छिन् । जसमा समाजले नारीलाई हेर्ने नजरलाई कलामार्फत प्रस्तुत गरेकी छिन् ।

समाजले महिलालाई बाधेँको बन्धन, मूल्य मान्यताले कसीएको जीवनलाई चित्रमार्फत देखाउने प्रयास गरेकी छु” उनले भनिन् ।

महादेवको आर्ट गरेका कपिलले सतिदेवीलाई लिएर आकाशमा उड्दा, सतिदेवीको शरिर टुक्रा, टुक्रा भई छरपस्ट छरिएको र महादेवको क्रोध कलाबाट प्रस्तुत गरेको देख्न सकिन्छ । न्यूड र अश्लिलता फरक रहेको र जुन बुझाउँनु आवश्यक रहेको उनले बताए ।

“हाम्रो नेपाली समाजमा न्यूडलाई गलत परिभाषा गरिएको छ,” उनी भन्छन्, “न्यूडलाई अश्लिलतासँग जोडिदिएकाले, न्यूडको सौन्दर्य बिलिन भएको छ, जसलाई जीवन्त बनाउनु आवश्यक छ” उनले भने ।

साना स्कुले नानीदेखि बयस्क सम्मलाई न्यूडको विषयमा खुलेर कुरा गर्न सक्ने समाजको आवश्यक रहेको उनले बताए ।

विद्यालयमा “यौन शिक्षा” को महत्वको बारेमा नबुझेकाले विभिन्न अपराधिक घटनाहरू दोहोरिरहेको उनी गुनासो पोख्छन् । उनी भन्छन्, “न्यूड भनेको अश्लिलता हैन, आउनुहोस् हामी खुलेर बहस् गरौँ, आफ्नो शरिरको बारेमा कुरा गरौँ ।”

प्रतिकृया दिनुहोस