कोरोनाभाइरसका कारण ५६५ को मृत्यु, २८,३४० संक्रमित
कोरोनाभाइरसका कारण दैनिक मृत्यु हुनेको संखया ७३ पुगेको छ । यससँगै चीनमा मात्रै कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ५६३ पुगेको छ भने विश्वभर मृत्यु हनेको संख्या ५६५ पुगेको छ ।
चीनबाहेक एक जनाको हङकङमा र अर्को एक जनाको फिलिपिन्समा मृत्यु भएको थियो ।
मृत्युसँगै कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या पनि सोही अनुपातमा बढी रहेको चिनिया राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी गराएको छ । बुधबार मात्रै चीनमा ३,६९४ जनामा संक्रमण भेटिएको थियो, जसमा २,९८७ जना हुवेई प्रान्तमा मात्रै भेटिएका थिए ।
यससँगै विश्वभरमा संक्रमितको संख्या २८,३४० पुगेको छ । संक्रमितमध्ये १,३०५ स्वस्थ भएर घर फर्किएको चिनिया राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ ।
मृतक र संक्रमितको संख्या हरेक दिन अघिल्लो दिनको तुलनामा वृद्धी भइरहेको छ । यद्यपी चीनले यसलाई नियन्त्रणमा लिन सकिने भन्दै सबैसँग सहकार्यका लागि आग्रह गरेको छ । तर सबैभन्दा बढी सजगता र मेहनत चीन एक्लै गरिरहेको छ ।
उसले १० दिनमा सकिने गरि हजार हजार बेडका दुईवटा अस्पाल तयार पारेर उपचार गराइरहेको छ । चिनियाँ सेना र देशै भरीका स्वास्थ्यकर्मीलाई सबैभन्दा बढी प्रभावित हुवेई प्रान्तमा केन्द्रीत गरेर उपचार र नियन्त्रणमा जोड दिइरहेको छ ।