कला/साहित्य शनिबार, पुस २६, २०७६

चलचित्र संघको अध्यक्षमा प्रधान सर्वसहमत

हिमालखबर

चलचित्र संघको अध्यक्षमा प्रधान सर्वसहमत

चलचित्रल हल र वितरकहरुको संस्था नेपाल चलचित्र संघको ४६औं साधरणसभाबाट मधुसुदन प्रधानकाे अध्यक्षतामा निर्विरोध नयाँ कार्य समिति चयन भएको छ ।

निवर्तमान द्वितिय उपाध्यक्ष प्रधानलाई सर्वसहमत अध्यक्षमा चयन गरिएको हो । तर, प्रधानले पूरै कार्यकाल नेतृत्व गर्ने छैनन् । आधा कार्यकाल बिरेन्द्र नारायण श्रेष्ठ अध्यक्ष रहनेगरी सहमति जुटेको हो ।

सभाले १३ सदस्यीय निर्विरोध नेतृत्व चयन गरेको हो । सदस्यहरुबाट सहमतिकै आधारमा कार्य विभाजन हुनेछ ।

प्रतिकृया दिनुहोस