कला/साहित्य बुधबार, पुस २३, २०७६

जेएनयू पुगिन् दीपिका पादुकोण, भाजपाका नेताद्वारा उनको फिल्म बहिष्कारकाे आह्वान

हिमालखबर

जेएनयू पुगिन् दीपिका पादुकोण, भाजपाका नेताद्वारा उनको फिल्म बहिष्कारकाे आह्वान

बलिउड अभिनेत्री दीपिका पादुकोणले आक्रमणमा परेका जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) का विद्यार्थीहरुलाई समर्थन दिएकी छन् ।

भारतीय सञ्चार माध्यमहरुले दीपिका मंगलबार साँझ ७ः४५ बजेतिर जेएनयू पुगेकी थिइन् । त्यहाँ दीपिका झण्डै दश मिनेट बसिन् । तर, कुनै प्रतिक्रिया भने जनाइनन् ।

आइतबार राति जेएनयूका विद्यार्थीमाथि नकाबधारी समूहले आक्रमण गरेको थियो । आक्रमणमा परी जेएनयू छात्र संघका अध्यक्ष आईसी घोष सहित १८ जना घाइते भएका थिए । आक्रमणमा परेका विद्यार्थीलाई साथ दिने दीपिका जेएनयू पुगेपछि भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका एक नेताले आपत्ति जनाएका छन् ।

भारतीय जनता पार्टीका दिल्ली प्रवक्ता तेजिन्दर पाल सिंह बग्गाले दीपिकाको चलचित्र बहिष्कारको आह्वान गरेका छन् । उनले चलाएको ह्यास ट्याग बाइकट छपक ट्वीटर ट्रेण्डिङमा परेको छ । दीपिका आउन लागेको चलचित्र छपक बहिष्कार गर्न भाजपाका नेताहरुले आह्वान गरेका छन् ।

तर, भाजपाको यस्तो आह्वानको पनि तीब्र विरोध भइरहेको छ ।

प्रतिकृया दिनुहोस