कला/साहित्य शनिबार, पुस १२, २०७६

युट्युब ट्रेन्डिङमा ‘गोपी’

हिमालखबर

युट्युब ट्रेन्डिङमा ‘गोपी’

नेपाली चलचित्र ‘गोपी’ युट्युबको नम्बर एक ट्रेन्डिङमा रहेको छ । पाँच दिन अघि युट्युबमा अपलोड गरिएको चलचित्र अहिलेसम्म १६ लाख ७८ हजार ५ सय ६५ पटक हेरिएको छ ।

दिपेन्द्र लामा निर्देशित चलचित्र हलमा व्यावसायिक रुपमा खासै कमाल गर्न नसकेको फिल्म ३ दिनदेखि लगातार युट्युबको नेपाल ट्रेन्डिङमा पहिलो नम्बरमा परिरहेको छ।

फिल्मले १ हजार ७ सय ९५ प्रतिक्रिया पाएको छ । धेरैले चलचित्रमा राम्रो भएको प्रतिक्रिया दिएका छन् । विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, भोला सापकोटा, अंकित खड्का, प्रकाश घिमिरे लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्म एक गाई पाल्ने किसानको कथामा आधारित छ ।

फिल्ममा विपिन कार्कीको मुख्य भूमिका छ । नेपालमा कृषि क्षेत्रमा देखिएका समस्या पनि फिल्मको माध्यमबाट देखाइएको छ । निर्देशक दिपेन्द्र लामाकै कथा रहेको यो फिल्मलाई सामीप्यराज तिमल्सेनाले स्क्रिप्टमा ढालेका हुन् भने शैलेन्द्र डी. कार्कीले छायांकन गरेका हुन् ।

प्रतिकृया दिनुहोस