स्कुल बस दुर्घटना १७ विद्यार्थी घाइते
कञ्चनपुरको झलारीपिपलाडी– ११ कलुवापुरमा आज बिहान स्कुल बस दुर्घटना हुँदा १७ विद्यार्थी घाइते भएका छन् ।
झलारी बजारमा रहेको चन्द्रसूर्य बोर्डिङ स्कुलको म.१ ख ६०७ नं को स्कुल बस कलुवापुरमा ट्रिपरलाई साइड दिने क्रममा दुर्घटना भएको हो ।
बस दुर्घटनामा परी विद्यालयका प्रिन्सिपल रञ्जीत चन्दसहित १७ जना विद्यार्थी घाइते भएको झलारीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेहरुको झलारीस्थित मेडिकल तथा क्लिनिकहरुमा उपचार भइरहेको र गम्भीर घाइतेलाई अन्यत्र उपचारका लागि लैजाने तयारी गरिएको छ ।
दुर्घटनालगत्तै बस चालक भने फरार भएका छन् ।
रासस