जेसीबीको जेएस–१२० एस्काभेटर सार्वजनिक
नेपालका लागि जेसीबी ब्रान्डका हेभी इक्विपमेन्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले एकसय २० टनको नयाँ एस्काभेटर सार्वजनिक गरेको छ ।
यही सेग्मेन्टका अन्य एस्काभेटरभन्दा प्रतिघन्टा ८ प्रतिशत कम इन्धन खपत गर्ने जेएस–१२० मा बकेट क्यापासिटी ०.५ देखि ०.६५ क्यूबिक मिटरसम्म रहेको छ ।
यसको अधिकतम इन्जिन पावर ६० किलोवाट छ । जेएस–१२० हरेक निर्माण कार्यका लागि उपयोगी रहेको कम्पनीले जनाएको छ ।
मर्मत खर्च समेत कम पर्ने उक्त एस्काभेटरमा जेसीबी इकोम्याक्स इन्जिन रहेको छ । उच्च शक्ति, लामो आयु, कम आवाज र कम कम्पन इकोम्याक्स इन्जिनका विशेषता रहेको कम्पनीले जानकारी दिएको छ ।
यसमा अपरेटर रुम पनि ठूलो र आरामदायी छ । एमएडब्लु अर्थमुभर्सले नेपालका लागि सन् २००३ मा बेलायती हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको डिलरसिप लिएको थियो ।