समाचार शनिबार, साउन २२, २०७३

तीनबुँदे सहमति विषयमा प्रम र सभापति देउवाबीच छलफल

हिमालखबर

 

तस्वीर: शेरबहादुर देउवको ट्वीटरबाट

सत्ता साझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेतृत्वबीच आन्दोलनरत तराई/मधेशवादी दलबीच भएका तीनबुँदे सहमति कार्यान्वयन लगायत विषयमा कुराकानी भएको छ । 

कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज बिहान ती विषयमा कुराकानी भएको थियो । सभापति देउवाका निजी सचिव भानु देउवाले दिएको जानकारीअनुसार प्रधानमन्त्री दाहाल आज बिहान सभापति देउवालाई भेट्न देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । 

“पछिल्लो राजनीतिक अवस्था, मन्त्रिमण्डल विस्तार, संविधान कार्यान्वयन र आन्दोलनरत मधेशवादी दलका बीच भएका तीनबुँदे सहमति कार्यान्वयन विषयमा उहाँहरुले बातचित गर्नुभयो ” निजी सचिव देउवाले भने ।

कांग्रेस र माओवादी केन्द्र तथा आन्दोलनरत मधेशवादी दलका बीच भएका तीनबुँदे सहमति कार्यान्वयन गर्न मन्त्रिपरिषद्को शुक्रबार बैठकले विभिन्न निर्णय मेत गरिसकेको छ । रासस 

प्रतिकृया दिनुहोस