अमेरिकी गीतकार बब डिलनलाई साहित्यतर्फको नोबेल पुरस्कार
यस वर्ष (सन् २०१६) को साहित्यतर्फको नोबेल पुरस्कार चर्चित गीतकार एवम् गायक बब डिलनले पाउने भएका छन् ।
नोबेल समितिले साहित्का लागि नोबेल पुरस्कारको घोषणा गर्दै ‘अमेरिकी गीतहरुलाई नयाँ आयाम दिएकोमा’ बब डिलनलाई पुरस्कृत गरिने बताएको छ ।
संभवतः कुनै गीतकारलाई उसका गीतका लागि नोबेल पुरस्कार दिइएको यो पहिलो पटक हो । गीतका लागि कविहरुले पनि नोबेल पुरस्कार पाइसकेका छन् ।
उनका लोकप्रिय गीतहरुमा ‘मिस्टर ट्याबुरिन म्यान’ देखि ‘लाइक ए रोलिंग स्टोन’, ‘ब्लोइंग इन द विंड’ र ‘द टाइम्स दे आर चेन्जिङ’ लगायत छन् ।
साठीको दशकमा गितार र माउथअर्गनसँगै संगीतको दुनियामा आएका बब डिलनलाई लोकगीतका रकस्टार पनि भनिन्छ ।
बब डिलनका गीत विश्वभर नै चर्चित छन् ।