काठमाडौँका सडक प्राय: सुनसान
बडादशैँको नवमीका दिन आज काठमाडौँ उपत्यकाका मुख्य बजार र सडक सुनसान छन् ।
दशैँ मनाउन काठमाडौँबाट मानिस आआफ्ना घर गएको र यहाँका बजार, कार्यालय पनि बन्द रहेकाले सडक सुनसान देखिएको हो । पसल, रेष्टूराँहरु पनि प्राय बन्द छन् ।
सडकमा छोटो दूरीका भाडाका सवारीसाधन फाट्टफुट्ट चलेका देखिन्छन् भने निजी सवारीसाधन अत्यन्त कम छन् । केही मोटरसाइकल भने चलेका देखिन्छन् ।
भद्रकाली, मैतिदेवी, कालिकास्थान लगायतका विभिन्न शक्तिपीठमा भने दर्शनार्थीको घुइँचो देखिएको छ ।
रासस