योजना आयोगको उपाध्यक्षमा डा. पुष्प कँडेल नियुक्त
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्प कँडेल नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगमा उपाध्यक्ष र सदस्यहरु नियुक्त गरेको हो ।
त्यस्तै, बैठकले डा. कृष्णप्रसाद ओली, उषा झा, दिलकुमार गुरुङ, सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुँयाललाई सदस्यमा नियुक्त गरेको छ ।