अवकाशको पत्र पाएका प्रधानन्यायाधीश पराजुलीले राष्ट्रपति समक्ष राजीनामा बुझाए
हिजो मात्रै न्यायपरिषद सचिवबाट अवकाशको पत्र पाएका प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् ।
पराजुलीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतलनिवासमा भेटेर राजीनामा बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दवाडीले जानकारी दिए ।
पराजुलीलाई हिजो, ३० फागुनमा मात्रै न्यायपरिषदका सचिव नृपध्वज निरौलाले गत साउनमै अवकाश पाइसकेको पत्र पठाएका थिए जसको वोधार्थ राष्ट्रपति कार्यालयलाई समेत दिइएको थियो ।
अवकाशको पत्र पाएका पराजुलीले भने उक्त पत्र गैरकानूनी भएको दाबी गर्दै आफू प्रधानन्यायाधीशमा कायमै रहेको सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका थिए ।