निजगढ र पोखरा विमानस्थलको बजेट साढे ६ अर्ब, एक रुपैयाँ पनि खर्च भएन
राष्ट्रिय गौरवको आयोजना, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि सरकारले यो वर्ष छुट्याएको बजेटको एक रुपैयाँ पनि खर्च भएको छैन ।
विमानस्थलका लागि सरकारले यो वर्ष रु. १ अर्ब ५० करोड छुट्याएपनि खर्च शून्य रहेको अर्थ मन्त्रालयको बजेटको मध्यावधि समीक्षा प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि छुट्याएको रु. ५ अर्ब बजेटको खर्च पनि शून्य रहेको प्रतिवेदनमा उल्लेख छ ।
पुस मसान्तसम्ममा १८ राष्ट्रिय गौरवका आयोजनामा कुल विनियोजनको १८ दशमलव ९२ प्रतिशतमात्र खर्च भएको मन्त्रालयले जनाएको छ ।
यो वर्ष राष्ट्रिय गौरवका आयोजनाहरुका लागि रु. ६३ अर्ब ७० करोड छुट्याइएपनि खर्च १२ अर्ब मात्र भएको छ ।