साझाको ‘सेमी लो फ्लोर’ बस सञ्चालनमा, रात्रिसेवा समेत दिने
आजदेखि साझा यातायातले मुलुकमै पहिलोपटक ‘सेमी लो फ्लोर’ बस सञ्चालनमा ल्याएको छ ।
बसको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संयुक्त रुपमा गरेका हुन् ।
अशोक लेल्याण्डको चालक सहित ४१ सिट क्षमताको उक्त बस लगनखेल पाटन अस्पताल, थापाथली, त्रिपुरेस्वर, वीर अस्पताल, लैनचौर, महाराजगञ्ज हुँदै गंगालाल अस्पताल बाँसबारीसम्म चल्नेछ ।
बसमा चढ्न र ओर्लन सजिलो भएको कारणले अशक्त र बिरामीलाई केन्द्रित गरी अस्पताल धेरै भएको रुटमा सञ्चालन गरिएको साझा यातायातले जनाएको छ ।
बसले बिहान ६ देखि राति ११ बजेसम्म सेवा दिनेछ ।
यो बसमा बस स्टपको जानकारी दिने ‘अनाउन्समेन्ट सिस्टम’ समेत राखिएको छ । जसले बस कहाँ र कुन स्टपमा पुग्यो भन्ने जानकारी दिनेछ ।
बसमा फराकिलो ढोका रहेको छ । जसको माध्यमबाट सजिलै ह्वीलचियर समेत चढाउन सकिन्छ । भित्र फराकिलो ठाउँ भएको कारणले ह्वीलचियरमै बेल्ट बाँधेर बस्न सकिने छ ।
पढ्नुहोस् ।
प्रविधिले सहज बनाउँदै सार्वजनिक सवारी