काँग्रेस संसदीय दलको उपनेतामा गच्छदार
नेपाली काँग्रेस संसदीय दलको उपनेतामा विजयकुमार गच्छदार चयन भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले २१ फागुनमा गच्छदारलाई उपनेतामा मनोनित गरेका हुन ।
देउवा संसदीय दलको नेता चयन भएकै दिन सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बैठक बसेको थियो । प्रकाशमान सिंहलाई पराजित गर्दै देउवा संसदीय दलको नेता निर्वाचित भएका छन् ।