प्रतिनिधिसभाका सदस्यहरुलाई महन्थ ठाकुरले शपथ गराउने
प्रतिनिधिसभाका सदस्यहरुलाई राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले शपथ गराउने भएका छन् ।
ठाकुरले ज्येष्ठ सदस्यको हैसियतमा सांसद्हरुलाई पद तथा गोपनीयताको शपथ गराउने भएका हुन् ।
नागरिकताको उमेरका आधारमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य मानिएका राजपाकै नेता महेन्द्रराय यादव आजको शपथ कार्यक्रममा उपस्थित नहुने भएका छन् ।
यादव संसद्मा उपस्थित नहुने भएपछि ७५ वर्षीय ठाकुरले सांसद्हरुलाई शपथ गराउन लागेका हुन् ।
ठाकुरले भर्खरै राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन् ।
सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता समेत गर्ने प्रावधान रहेको छ ।
आज दिउँसो ४ बजे प्रतिनिधिसभाका सदस्यहरुले सपथ लिनेछन् । त्यस्तै भोलि, २१ फागुनमा प्रतिनिधिसभाको पहिलो बैठक बस्दैछ ।