२० फागुनमा संघीय सांसद्हरुले शपथ लिने
२० फागुनमा संघीय सांसद्हरुले शपथ लिने भएका छन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभाका सदस्यहरुले अपराह्न ४ बजे र राष्ट्रियसभाका सदस्यले ५ बजे शपथ लिनेछन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई छुट्टाछुट्टै ज्येष्ठ सदस्यले शपथ गराउने तय भएको छ ।
प्रतिनिधिसभाका सांसद्हरुलाई ८० वर्षीय महेन्द्र राय यादवले सपथ गराउने छन् ।
यस्तै राष्ट्रियसभा सदस्यहरुलाई ६९ वर्षीया तारादेवी भट्टले शपथ गराउने संसद् सचिवालयले जनाएको छ ।
निर्वाचन नहुँदासम्मको लागि यादवले सभामुख र भट्टले राष्ट्रियसभा अध्यक्षको रुपमा जिम्मेवारी सम्हाल्नेछन् ।
संघीय संसद्को पहिलो बैठक २१ फागुनमा बस्दैछ ।