प्राविधिक त्रुटीले जन्ममिति फरक परेको डा. केसीको भनाइ
डा. गोविन्द केसीले प्राविधिक त्रुटीका कारण जन्ममिति फरक परेको बताएका छन् ।
आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै केसीले आफ्ना शैक्षिक प्रमाणपत्र र नागरिकता सार्वजनिक समेत गरेका छन् ।
प्राविधिक कारण जन्ममिति फरक पर्न गएको भन्दै केसीले कसैले छानबिन गरे आफूले राजीनामा दिएर सहयोग गर्ने पनि बताएका छन् ।
केसीले नागरिकतामा उल्लेख भएको २७ असोज २०१३ नै आफ्नो आधिकारिक जन्ममिति भएको बताएका छन् ।
प्राविधिक त्रुटीका कारण एसएलसीको चारित्रिक प्रमाणपत्रमा २४ माघ २०१३ हुन पुगेको स्पष्ट पारेका छन् ।
प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति छानबिन गर्नुपर्ने माग गर्दै आएका केसीले आफूले जस्तै पराजुलीलाई प्रमाणपत्र र नागरिकता सार्वजनिक गर्न चुनौति समेत दिएका छन् ।