तीन हत्याका अभियुक्त मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए
गुण्डा नाइके मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी इन्काउन्टरमा मारिएका छन् ।
आज बिहान रूपन्देहीको देवदहमा प्रहरीसँगको मुठभेडमा पुन र उनका सहयोगी आले मारिएका हुन् ।
देवदह नगरपालिका–४ भवानीपुरमा प्रहरीको गोली लागेर ढलेका दुवै जनालाई उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल लग्दै गर्दा मृत्य भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए ।
पुन र आलेलाई लुम्बिनी अञ्चल अस्पतालले मृत घोषणा गरेको थियो ।
भवानीपुरमा प्रहरीले गरेको सर्च अपरेशनमा मोटरसाइकलमा सवार दुई जनासँग मुठभेड भएको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिए ।
प्रहरीले पुनको साथबाट एउटा पेस्तोल बरामद गरेको छ ।
प्रहरीलाई नै आक्रमण गरेर भाग्न खोजेपछि गोली चलाइएको प्रहरी उपरीक्षक ज्ञवालीले बताए ।
पुनमाथि युवा संघका नेता दुर्गा तिवारी, निर्माण व्यवसायी शरदकुमार गौचन र देवदहका व्यवसायी वसन्त पौडेल हत्याको आरोप छ ।
पढ्नुहाेस् ।
यौटैका अनेक आतंक