लालबाबु पण्डित मन्त्री नियुक्त
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।
प्रधानमन्त्री ओलीले एमाले सांसद लालबाबु पण्डित र थममाया थापा मगरलाई मन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त दुवै मन्त्रीले आजै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।
पण्डित जनसंख्या तथा वातावरण र थममाया थापा मगर महिला, बालबालिका तथा समाज कल्याण मन्त्री भएका छन् ।