प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ ।
नेपालको दुईदिने भ्रमणमा रहेकी स्वराज र प्रधानमन्त्री देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
सुष्माको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा दिवा भोजको आयोजना गरेका छन् ।
स्वराजले हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी थिइन् । त्यस्तै आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र स्वराजबीच भेटवार्ता भएको थियो ।
स्वराजले मधेश केन्द्रित दलका शीर्ष नेताहरुसँग पनि भेट गरेकी थिइन् ।
हिजो, १८ माघमा काठमाडौं आएकी स्वराज आज स्वदेश फर्कने कार्यक्रम रहेको छ ।