राष्ट्रियसभा सदस्यमा १२ जना महिला निर्विरोध
माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकामध्ये १२ जना महिला निर्विरोध निर्वाचित भएका छन्।
यद्यपि निर्वाचन आयोगले उनीहरु निर्वाचित भएको औपचारिक घोषणा भने १५ माघमा दावी/विरोधपछि मात्रै गर्नेछ।
निर्विरोध निर्वाचित हुने महिला उम्मेदवारहरुः
प्रदेश १
नैनकला ओझा (एमाले)
बिना पोखरेल (माओवादी)
सरिता प्रसाईं (कांग्रेस)
प्रदेश २
शशिकला दाहाल (माओवादी)
मुक्ताकुमारी यादव (कांग्रेस)
प्रमिला कुमारी (संघीय समाजवादी फोरम)
प्रदेश ५
कोमल वली (एमाले)
मीना बुढा (एमाले)
अनिता देवकोटा (कांग्रेस)
प्रदेश ७
तारादेवी जोशी (कांग्रेस)
कमला ओली (एमाले)
इन्दु कडेरिया विष्ट (एमाले)