अर्जुननरसिंह केसी मन्त्री नबन्ने
रोजेको मन्त्रालय नपाएपछि कांग्रेस नेता अर्जुननरसिंह केसी मन्त्री नबन्ने भएका छन् ।
केसीले उपप्रधानसहित गृहमन्त्रालयको माग गरे पनि पार्टी सभापति शेरबहादुर देउवाले उनलाई रक्षा वा स्वास्थ्य मन्त्री बन्न आग्रह गरेका थिए ।
अन्तिममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय पाए पनि मन्त्रिमण्डलमा सहभागी हुने इच्छा देखाएका केसीको माग पूरा नभएपिछ उनी आज हुने शपथग्रहणमा सहभागी नहुने भएका छन् ।
कांग्रेस विमलेन्द्र निधिको नेतृत्वमा सरकारमा सहभागी हुने भएपछि आफू निधिभन्दा वरिष्ठ भएकाले उपप्रधान र गृह मन्त्रालय पाउनु पर्ने केसीको माग थियो ।