पर्सामा आगलागी, ९ घर जलेर नष्ट
पर्साको जगरनाथपुर गाउँपालिका–५ मा आगलागी हुँदा ९ घर जलेर नष्ट भएका छन् ।
बाँसघारीबाट शुरु भएको आगलागीले जगरनाथपुर–५ का ९ घरमा पूर्णरुपमा क्षति पुर्याएको छ ।
आगलागीबाट कुनै मानविय क्षति भएको छैन् । आगलागीबाट १८ लाख बढीको धनमाल क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
स्थानीयबासी, सशस्त्र, नेपाल प्रहरी तथा वीरगञ्ज र पोखरियाको वरुण यन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।
जियालाल साह, पर्सा