सहमती कार्यान्वयन नभए डा केसी ३ असोजबाट अनशन बस्ने
चिकित्सा शिक्षामा भइरहेको वेथिती विरुद्ध संघर्षरत सत्याग्रही डा गोविन्द केसीले आफूसँग भएका सहमती कार्यान्वयन गर्न सरकारलाई एक साताको अल्टिमेटम दिएका छन् ।
आज २५ भदौमा शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी डा केसीले २ असोजसम्म सहमती कार्यान्वयन नभए ३ असोजदेखि आमरण अनशनमा बस्ने बताएका छन् ।
सहमती गर्ने तर कार्यान्वयन नगर्ने सरकारको रैवयाप्रति आक्रोश जनाउँदै डा केसीले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई सम्झौता कार्यान्वयन गर्ने बताए पनि त्यसलगत्तै एउटा मेडिकल कलेजको सम्बन्धनका लागि दबाब दिएको उल्लखे गरे ।