नयाँ आवको पहिलो दिनः शेयर बजारमा सकारात्मक शुरुआत
नयाँ आर्थिक वर्षको पहिलो दिनमा शेयर बजारले सकारात्मक शुरुआत गरेको छ ।
कारोबार रकम उल्लेख्य नभए पनि आव २०७४/७५ को पहिलो दिन बजार बढेको हो ।
आज ०.९ विन्दुले बढेको बजार १ हजार ५८३ विन्दुमा पुगेर रोकिएको छ । कुल १४९ कम्पनीका १२ लाख ९४ हजार कित्ता शेयर रु ६८ करोड १३ लाख मूल्यमा कारोबार भएको छ ।
उपसूचकमा भने बैंकिङ २.४१, वित्त क्षेत्र १०.९३ र बीमा समूह १.४८ बिन्दुले बढेको छ । तर होटल ५.८२, विकास बैंक ०.४४, जलविद्युत् समूह ८.९१, उत्पादन समूह ०.२१ र अन्य समूह ५.५ बिन्दुले घटेको छ ।