गोमा एयरको कार्गो विमान लुक्लामा दुर्घटना
गोमा एयर (समिट एयर)को कार्गो विमान लुक्लाको तेन्जिङ हिलारी बिमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको छ ।
नाईन एनएकेए कल साइन भएको विमान अवतरणका क्रममा धावनमार्गबाट बाहिर पुगेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी पाइलट पारस राई, कोपाइलट श्रीजन माननन्धर र एयर होस्टेस प्रज्ञा महर्जन घाइते भएकी छन् । घाइतेलाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौं ल्याइँदैछ ।
कार्गो विमान भएका कारण दुर्घटनाबाट मानविय क्षति भएको छैन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।