पुरातत्व तथा संस्कृतिविद् शुक्रसागरको निधन
वरिष्ठ पुरातत्व तथा संस्कृतिविद् शुक्रसागरको गएराति ६५ वर्षको उमेरमा निधन भएको छ ।
मधुमेह, कलेजोको रोग लगायतका समस्याबाट ग्रस्त शुक्रसागरको ५ जेठ राति १२ः१५ बजे किर्तिपुर खसीबजारस्थित आफ्नै घरमा निधन भएको उनका शिष्य वसन्त महर्जनले जानकारी दिए ।
नेपाल पुरातत्वविभागमा वरिष्ठ पुरातत्वविदका रुपमा काम गरेका शुक्रसागर संस्कृति, सम्पदा संरक्षण, इतिहास, मूर्तिविज्ञान लगायतका विषयमा पनि उत्तिकै दखल राख्थे ।
“पुरातत्व, संस्कृति, इतिहास, सम्पदा लगायतका क्षेत्रमा कार्यरत हामी विद्यार्थीहरुले एउटा ज्ञानकोष नै गुमाएका छौं,” वसन्त महर्जनले भने ।
शुक्रसागरले हिमाल खबरपत्रिकामा पनि विभिन्न विषयमा स्तम्भ लेख्दै आएका थिए ।
उनको आज विहान पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।
शुक्रसागरका श्रीमती र एक छोरी छन् ।