सानिमा बैङ्क लिमिटेडको निःशुल्क आश्बा
सानिमा बैङ्क लिमिटेडले निःशुल्क आश्बा प्रणालीको शुरुआत गरेको छ ।
बैङ्कले माघ २०७३ बाट आश्बामार्फत ग्राहकलाई सेवा दिइरहेको भएपनि २ जेठदेखि यसलाई निःशुल्क गरेको हो ।
साथै, आश्बालाई अझ सरल तथा झन्झट रहित बनाउन बैङ्कले ग्राहकलाई आश्बा अन्तर्गत अनलाइन शेयर आवेदन दिन सकिने सेवासमेत शुरु गरेको छ ।
सानिमा बैङ्कको देशभर ४५ शाखा तथा ५३ एटिएम रहेका छन् ।