सप्तरीः विद्यालय नजिक दुईवटा बम, सेनाले निष्क्रिय पार्यो
सप्तरी सदरमुकाम राजविराज– ९ स्थित एक नीजि विद्यालय अगाडि दुईवटा बम फेला परेको छ ।
बम नजिकै जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को पर्चा समेत भेटिएको प्रहरीले जनाएको छ । दुबै सकेट बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले निष्कृय बनाएको छ ।
गोइतका कार्यकर्ताले १६ फागुनको राति नै एउटा बम पिस जोनन मोडेल सेकेण्डरी स्कुल प्रांगणमा र अर्काे बम विद्यालय नजिकै राखेका थिए ।
दुबै बमलाई १७ फागुन बिहान निष्कृय पारेको प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
यसअघि गोइत समूहले नै ११ मंसीरमा जिल्ला प्रशासन कार्यालय प्रांगणमा र ७ माघमा राजविराज १ निवासी हनुमान दुगडको घर अगाडि बम राखेको थियो ।
श्रवणकुमार देव, राजविराज