अमेरिकी राष्ट्रपति ट्रम्पले आज शपथग्रहण गर्दै
डोनाल्ड ट्रम्पले अमेरिकाको ४५ औं राष्ट्रपतिका रुपमा आज नेपाली समय अुसार राति १०ः४५ बजे शपथ ग्रहण गर्दैछन् ।
उनको शपथग्रहण कार्यक्रममा विगतका शपथग्रहणहरुमा जस्तै लाखौं अमेरिकी सहभागी हुने अनुमान गरिएको छ ।
प्रत्येक चार वर्षमा निर्वाचित हुने अमेरिकी राष्ट्रपतिलाई त्यहाँका प्रधानन्यायाधीशले शपथग्रहण गराउँछन् ।
शपथग्रहणको मिति र समय अमेरिकी संविधानमा नै उल्लेख गरिएको छ ।
७१ वर्षीय ट्रम्प गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा हिलारी क्लिन्टनलाई पराजित गर्दै अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका थिए ।