पूर्वराष्ट्रपति अस्पताल भर्ना
पूर्वराष्ट्रपति डा रामवरण यादव अस्वस्थ भई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।
नेपाली काँग्रेस नेता तीर्थराम डङ्गोलका अनुसार पेटसम्बन्धी समस्या भएपछि पूर्वराष्ट्रपति डा यादवलाई ६ माघ अपराह्न ३ बजे स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएकामा चिकित्सकको सुझाव अनुसार केही दिनका लागि भर्ना गरिएको छ । यादवको स्वास्थ्य परीक्षणमा चिकित्सक प्रेम खड्का, राहुल पाठक, शशी शर्मालगायतको समूह संलग्न छ ।रासस