आठ किलो सुन सहित दुई चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलो सुन सहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।
हङकङबाट नेपाल एयरलाइन्स मार्फत काठमाडौं आएका ती चिनियाँ नागरिक गए राति नियमित जाँचका क्रममा पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार, इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होइयाङ र इए ५८०७५९८ नम्बर राहदानी बाहक चेन क्वीनहाङ समातिएका हुन् ।
पक्राउ परेका चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । सुन तस्करी तिनै हुन् वा भरिया मात्रै हुन् भन्ने खुलेको छैन ।