अर्घाखाँची बस दुर्घटनाः १९ जनाको मृत्यु (अपडेट)
अर्घाखाँचीको नरपानीमा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
दुर्घटनामा १७ जनाको घटनास्थलमै, एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा र एक जनाको चौराहा अस्पताल, बुटवलमा मृत्यु भएको हो । दुर्घटनामा १८ जना घाईते भएका छन् ।
सन्धिखर्कबाट बुटवलतर्फ आउदै गरेको लु २ ख २१४८ नम्बरको बस सडकबाट करिव ३ सय मिटर तल खसेको थियो ।
मृतक १० जनाको सनाखत भएको छ । मृत्यु हुनेमा अर्घाखाँची सन्धिखर्क ७ डिहिडाँडा कालीचौरका १८ वर्षकी माया पुरी, १० वर्षका मोनिका खड्का, शितगंगा २ सितापुर झिर्रा घर भई कपिलवस्तुको चप्परगाँउ बस्ने गाडी धनी वर्षीय सन्तबहादुर बस्नेत, उनको भाइबुहारी २७ वर्षीया सीता बस्नेत, कपिलवस्तु बुद्धभुमी बाँसगढीका बस चालक ३६ वर्षीय ओमबहादुर थापा क्षेत्री (बसन्त), अर्घाखाँची सन्धिखर्क ७ डिहीडाँडाका ५६ बर्षिय शिवलाल भट्टराई, सोही ठाँउका ५४ वर्षीय बलराम भट्टराई, भुमिकास्थान नगरपालीका ९ का २७ वर्षीय शैलेस थापा, सन्धिखर्क १० का छबिलाल गैरे र गुल्मी धुर्कोट २ का शसस्त्र प्रहरी जवान राजकुमार महत छन् ।
मृतक अन्य ९ जनाको सनाखत हुन सकेको छैन । मृत्यु हुनेमा ५ ÷ ६ महीनाको बालक सहित १२ जना पुरुष ७ जना महिला रहेको अर्घाखाँची प्रहरी सुचना अधिकृत सुरेश सुवेदीले बताए ।
घाइते ६ जनाको बुटवलस्थित चौराहा अस्पतालमा र ९ जनाको मेडिकल कलेज, भैरहवामा उपचार भइरहेको छ ।
-बिष्णुकुमार आले